असार १, काठमाडौँ । भारतमा हेलिकप्टर दुर्घटना भएको छ। भारतको उत्तराखण्डमा देहरादुनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटना भएको हो।
भारतीय
अनलाइन पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार देहरादुनबाट केदारनाथ उडेको हेलिकप्टर
आइतबार बिहान रूद्रप्रयागको गौरिकुण्डमा दुर्घटना भएको हो।
उक्त हेलिकप्टरमा
पाइलटसहित र ६ जना यात्रु सवार रहेको जनाएको छ। हेलिकप्टरमा सवार यात्रुहरूका
बारेमा थप विवरण सार्वजनिक हुन बाँकी रहेको छ।
टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख भए अनुसार हेलिकप्टरमा सवार
सातै जनाको मृत्यु भएको छ।
- न्युज बहार संवाददाता