Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजदेखि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य दरबारमार्ग र ठमेल क्षेत्र २४ सै घण्टा खुला

  •   २ वर्ष अघि | १ बैशाख २०८१, शनिबार

बैशाख १, काठमाडौँ । आजदेखि सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य दरबारमार्ग र ठमेल क्षेत्र २४ सै घण्टा खुला हुने भएका छन ।

आज नयाँ वर्ष वैशाख १ गतेदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्न लागेको हो ।

ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जनाएका छन ।

बस्नेतका अनुसार आजदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरिएको र सोहीअनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको हो । 

  • न्युज बहार संवाददाता

थप