Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बाह्य पर्यटकहरु होमबासमा स्थानिय काममा सघाउँदै रमाउँदै

  •   ३ वर्ष अघि | २२ कार्तिक २०८०, बुधबार

कार्तिक २२, बागलुङ । पर्यटकीय गाउँ भकुण्डेमा यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पुगेका छन । उनीहरु पाँचौँ पटक बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा पुगेका हुन् । त्याहाँ पुग्ने बाह्य पर्यटक पाहुना पुग्ने र सहयोगी भएर फर्कने गरेका छन् । 

भकुण्डेमा यतिबेला घरबास सञ्चालक लगायत अन्यलाई बाली थन्क्याउने चटारो परेको छ । यही समयमा भेगनमा आबद्ध पर्यटक भने घरबास सञ्चालकलाई काममा सघाउँने गरेका छन । घरबास सञ्चालकसँगै काम गर्न तथा कामबारे जान्नसमेत मन पराउने भएकाले कतिपयले कोदो टिप्छन भने कतिले साग केलाउने जस्ता काम गर्ने गरेका छन । भेगनमात्रै होइन, बाह्य पर्यटकसमेत खेतबारीमा पुगेर काममा सघाउँने गरेको अतिथि सत्कार घरबासका सञ्चालक याम थापा बताउँछन ।

घरबासमा हालै कोरियाबाट एउटा समूह पुगेर फर्किएका थिए । घरबासमा बढीजसो क्यानडा, अमेरिका, चीन, दक्षिण कोरिया लगायत मुलुकबाट बढी पर्यटक आउने गरेका छन् ।

घरबासमा बाह्य पर्यटकले अग्र्यानिक खानाका परिकारको स्वाद लिने, घरबास सञ्चालकलाई काममा सघाउने, पर्यटकीयस्थलको भ्रमण गर्ने गरेका थापा बताउछन्।

थापाले भने, “यतिबेला भकुण्डेमा कोदो भित्र्याउने चटारोमा पुगेका बाह्य पर्यटकले कोदो ठटाउने र केलाउने गरेका छन्, घरबास सञ्चालकसमेत दिउँसो कोदो काट्न पुग्छन् तर भेगनमा आबद्ध पर्यटक रमाइलो गर्न काम गर्छन्, बाह्य पर्यटकले कोदोको बाला टिप्ने, साग टिपेर केलाउने गर्नुहुन्छ, उनीहरु यसमै रमाउने गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप