Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मौसम खराबीका कारण हवाई उडान प्रभावित, यात्रुलाई सकस

  •   १ वर्ष अघि | २६ चैत्र २०८१, मङ्लबार

चैत २६, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ३२ उडान हुने गरेकोमा हिजो सोमबार एउटा पनि उडान भएन ।

विमानस्थलको आज मंगलबारको सेड्युल पनि ठप्प रहेको छ । आज छेन्दुबाट पोखरामा हुने सिचुआन एयरलाइन्सको चार्टर उडानलाई भोली बुधबारका लागि सारिएको छ । तर बुधबार पनि उडान हुने ग्यारेन्टी छैन ।

विमानस्थलको तालिका मौसम खराबीका कारण बिग्रिएको हो । 

विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरका अनुसार मौसम खराब भएका कारण भिजिबिलिटी नै छैन ।  उनले आज र भोलि बिहानको पनि फ्लाइट लगभग स्थगित भएका जनाएका छन । उडान स्थगित हुँदा यात्रुहरू दिनभरि विमानस्थल कुरेर फर्किन बाध्य भएका छन । 

  • न्युज बहार संवाददाता

थप