Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तीनजुरे क्षेत्रमा यस वर्षको पहिलो हिमपात

  •   ३ वर्ष अघि | ३ माघ २०८०, बुधबार

माघ ३, तेह्रथुम ।  लामो समयपछि हल्का वर्षा भएसँगै सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङको सङ्गमस्थल  तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेर सेताम्मे भएको छ । उक्त पर्यटकीय क्षेत्रलाई गुराँसको राजधानी भनेर पनि चिनिने गरेको छ भने याहाँ गत भदौदेखि वर्षा नभएको बताइएको छ । मङ्गलबार साँझमा सो क्षेत्रमा वर्षा भएसँगै हिउँ परेको हो ।

फेदी, तीनजुरेडाँडा, मङ्गलबारे र गुफा पोखरीका साथै पाथीभरा मन्दिर परिसर हिउँले सेताम्ये भएका छन् । बर्सेनि यस क्षेत्रमा गुराँसका जङ्गल र नागीहरू हिउँले ढाकिँदा देखिने मनमोहक दृश्य हेर्न आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन ।

मौसम खुलेको समयमा यस क्षेत्रबाट मकालु र कुम्भकर्ण, कञ्चनजङ्गा हिमाल देख्न सकिन्छ भने यी क्षेत्रका गुफापोखरी, खोपिङ पोखरी र पाँचपोखरीमा ती हिमालका प्रतिविम्ब देख्नसकिन्छ ।

तेह्रथुम लालीगुराँस नगरपालिका–१ टुटे देउरालीका होटल व्यवसायी श्री कार्कीका अनुसार हिउँ परेसँगै हेर्न आउने पर्यटकले फोनमार्फत होटल ‘बुकिङ’ गरिरहेका छन त्यसैले अहिले  उनी लगायत होटल सञ्चालकलाई व्यवस्थापनमा भ्याइनभ्याइ परेको छ ।

कार्कीका अनुसार हिउँ पर्ने याममा सुनसरी, मोरङ, झापा र भारतका बिहार, सिक्किम, पश्चिम बङ्गाल र दिल्लीबाट पर्यटक आउने गरेका छन । 

  • न्युज बहार संवाददाता

थप