फागुन २१, कास्की । अब कास्कीको अन्नपूर्ण बेसक्याम्पमा हेलिकप्टर ल्याण्ड गर्दा शुल्क तिर्नुपर्ने भएको छ ।
अन्नपूर्ण
बेसक्याम्पमा हेलिकप्टर ल्याण्ड गर्दा अब कम्पनीले १० हजार रुपैयाँ शुल्क
तिर्नुपर्ने भएको हो । हेलिकप्टर उडानमा पर्यटन शुल्क लिने गरी अन्नपूर्ण
गाउँपालिकाले कार्यविधि बनाएको हो ।
पालिकाले
२०७९ सालमा बनाइएको कार्यविधिमा संशोधन सहित फागुन १ गते राजपत्रमा प्रकाशन गरेको जनाएको
छ ।
योसँगै
बेस क्याम्पमा व्यावसायिक उडान गर्न चाहने कम्पनीले पालिकामा सूचीकरण गर्नुपर्छ ।
छुट्टै ५
हजार सूचीकरणको लागि तिर्नुपर्छ । पालिकाबाट अनुमति लिएका कम्पनीले मात्रै
वर्षैभरि उडान भर्न पाउनेछन् । तर सो क्षेत्रमा उद्धारका लागि गरिएको उडानमा
भने कुनै शुल्क लाग्दैन ।
- न्युज बहार संवाददाता