कार्तिक
२१, काठमाडौँ । रुप्से होलिडेजका अनुसार काठमाडौँबाट भियतनामको हनोईसम्म हिमालय
एयरलाइन्सको एयरबस ३२० जाहाज चार्टर गरेर सोझो उडान गरेसँगै नेपाल भियतनाम
पर्यटनको विकासमा नयाँ उचाइ हाँसिल गर्न सफल भएको जनाएको छ।
रुप्से होलिडेजले भियतनामबाट चार्टर्ड
उडानमार्फत् २२५ भन्दा बढी पर्यटक नेपाल भित्रिए भने ३२८ भन्दा बढी नेपाली
पर्यटकले भियतनामको भ्रमण अवलोकनका लागी प्रस्थान गरेको जनाएको छ।
रुप्सेका अनुसार नेपाल र
भियतनामबीच यति धेरै संख्यामा पर्यटकको आदान–प्रदान भएको यो पहिलो पटक रहेको छ।
यो कुनै ट्राभल एजेन्सीले
एकैपटक तीन–तीन वटा
जेट विमान चार्टर गरेर भियतनामका लागि उडान गरेको पहिलो पटक रहेको दाबी गरिएको छ।
यसैगरी यो भियतनाम र नेपालबीच पर्यटकीय
सम्भाव्यताको सफल परीक्षण थियो।
- न्युज बहार संवाददाता