जेठ ४, काठमाडौँ। धौलागिरि हिमालको आठ जनाले सफल आरोहण गरेका छन। संसारकै सातौं अग्लो हिमालका रुपमा रहेको म्याग्दीको धौलागिरि हिमालको आठ जनाले सफल आरोहण गरेका हुन।
हिजो बुधबार धौलागिरि हिमालमा पाइएर एडभेन्चरमार्फत तीन जनाले र सेभेन समिट ट्रेक्सका पाँच जना गरि ८ जनाले आरोहण गरेका हुन्।
यस वर्ष धौलागिरि आरोहणका लागि पर्यटन विभागबाट ३५ जनाले अनुमति लिएका थिए। जसमा ११ जना महिला पनि समावेश छन।
- न्युज बहार संवाददाता