Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बिग्रिएको मौसमका कारण पर्यटकिय नगरी पोखरा तुवाँलोले डम्म, पर्यटक रमाउन पाएनन्

  •   १ वर्ष अघि | २७ चैत्र २०८१, बुधबार

चैत २७, पोखरा । केही दिनदेखि बिग्रिएको मौसमका कारण पर्यटकिय नगरी पोखरा यतिबेला डम्म तुवाँलोले ठाकेको छ । पोखरामा अहिले ह्वात्तै बढेको वायू प्रदूषणले त्याहाँको जनजिवन प्रभावित भएको छ । अहिले पोखराको अधिकांश मानिसमा रुघाखोकी र श्वासप्रश्वासमा समेत समस्या देखिएको छ । अहिले पोखराका अस्पतालहरु यस्तै समस्याका बिरामीहरुले भरिएका छन ।

प्रदूषित हावा र तुँवालोले पोखराको नजिकैका डाँडाहरूसमेत ठाकिएका छन । सबै शहर नै डम्मै ढाकिएको छ । प्रदूषित हावाले शहर ढाकिँदै जाँदा यहाँबाट देखिने हिमशृंखला पनि छेकिएका छन् । अहिले यहाँका तालहरू पनि एक छेउबाट अर्को छेउ सम्म देखिने अवस्था छैन । प्रदूषणका कारण पोखरा घुम्न आउने पर्यटक पनि खिन्न बनेको ट्रकिङ एजेन्सिज एसोसिएसन अफ नेपालले जनाएको छ ।

अहिले पोखरमा पर्यटक नै नरमाएका स्थानियहरुले जनाएका छन । पर्यटकहरु बाहिर निस्किए पनि धुलोधुँवाले पोखरा ढाकिँदा दृश्यावलोकनसमेत गर्न नपाएको गुनासो गरेका छन । अहिले वातावरण नै त्यस्तो बन्यो कि यहाँको मजा नै कसैले लिन सकेका छैनन । ट्रेकिङमा निस्कन, सिटी टूर गर्न पनि नमिल्ने अबस्था छ ।

पोखरा आसपासका काहुँडाँडा, लभ्ली हिल, रानीवन, निर्मलपोखरी लगायतका डाँडाहरुसमेत तुँवालोले छेकेको छ ।

  • न्युज बहार संवाददाता

थप