माघ २४, काठमाडौं । मैतीदेवीचोकमा रहेको नगर प्रहरीबिटमा काठमाडौं महानगरपालिकाले डोजर चलाउने तयारी गरेको छ । आज मंगलबार दिउँसो मैतिदेवी विटमा पुगेको नगर प्रहरीहरुको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सार्न थालेका छन । सामान निकाल्ने कार्य सकिएपछी महानगरपालिकाको डोजरले प्रहरी विट भत्काउने तयारी गरिएको छ ।
सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएकोले गर्दा भत्काने तयारी गरिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिएका छन। यससगै मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाई अर्को ठाउँमा व्यवस्थापन गर्न लागको उनले बताएका छन ।
महानगर
प्रहरी प्रमुख राजु पाण्डेले भने “प्रहरी विट
हटाउने उद्देश्य त होइन, प्रहरी शान्ति सुरक्षाको लागि हो, तर सार्वजनिक सडक पेटीहरुमा रहेका
प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर हटाउन लागेका छौं, यसमा नेपाल प्रहरीसँग सहकार्य गरिरहेका
छौँ”।