Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

व्यावसायिक अङ्गुर खेती हेर्ने आन्तरिक पर्यटक बढ्दै

  •   १ वर्ष अघि | १५ असार २०८२, आइतवार

असार १५, तनहुँ । तनहुँ जिल्लामा पहिलो पटक ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुर खेती गरिएको  छ। उक्त अङ्गुर खेती अवलोकन गर्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । जिल्लाका विभिन्न क्षेत्रबाट घिरिङ गाउँपालिका४ बाह्रबीसेमा व्यावसायिक रूपमा थालिएको अङ्गुर खेती हेर्न आन्तरिक पर्यटक पुग्न थालेका छन । 

पाँच वर्षअघि काठमाडौँ चन्द्रागिरिका कुमार कार्कीले यहाँ जग्गा खरिद गरी व्यावसायिक रूपमा अङ्गुर खेती सुरु गरेका थिए। विसं २०७७ मा घिरिङ भिनेयार्ड एग्रो रिसर्च सेन्टर दर्ता गरी खेती सुरु भएको अङ्गुर फार्ममा अहिले लटरम्म अङ्गुर फलेका देख्न सकिन्छ । 

कार्कीका अनुसार अहिले डिभिको, चार्डोनी, अर्काडिया, सोन्जालगायत २१ प्रजातिका अङ्गुर पलिरहेका छन । दैनिक ५० जनासम्म आन्तरिक पर्यटक जिल्लाको पहिलो अङ्गुर खेती हेर्न यहाँ पुग्ने गरेका छन् । 

  • न्युज बहार संवाददाता

थप