पुस १७, काठमाडौँ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । मध्य पुस हुँदै गर्दा कठ्याङ्ग्रिने चिसो बढेसँगै केही साताअघिदेखि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पा बताउँछन ।
शेर्पाका अनुसार विगतका वर्षमा यस समयमा हिमपात हुने गथ्र्यो तर अहिले भने हिमपात भइसकेको छैन । पर्यटक आउन छोडेपछी यहाँका होटल–लजहरु पनि बन्द भएका छन् । अहिले यहाँका होटल सञ्चालकहरु प्राय सदरमुकाम फुङ्लिङ झरेका छन् भने केही काठमाडौँ पुगेका छन् ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का टासी तेन्जिङ शेर्पाले चियो याम प्रारम्भ हुनु अघिसम्म कञ्चनजङ्घा क्षेत्रमा पर्यटकहरुको उल्लेखनीय आगमन भएको बताए । उनका अनुसार गत असोज देखि पुस सम्ममा विभिन्न देशका सात सय ६० जना पर्यटक कञ्चनजङ्घा क्षेत्रको अवलोकनमा आएका थिए भने आन्तरिक पर्यटकको आगमन पनि उल्लेख्य रहेको थियो ।
- न्युज बहार संवाददाता