बैशाख
२७, काठमाडौँ। म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट आरोहणको करिब ७२ वर्षपछि तीन
हजार छ सय किलोग्राम फोहर सङ्कलन गरिएको छ।
अन्नपूर्ण
हिमाल र आधार शिविरबाट नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत फोहर सङ्कलन
गरिएको हो।
अन्नपूर्ण
प्रथम हिमालबाट एक हजार दुई सय किलोग्राम कुहिने र दुई हजार चार सय नकुहिने फोहर
सङ्कलन गरिएको टोलीले जनकारी दिएको छ।
सफाइ
अभियानको नेतृत्व नेपाली सेनाका सेनानी गजेन्द्र देउवाले गरेका थिए भने क्याप्टेन
भीमबहादुर भुजेलसहितको टोलीले अन्नपूर्ण हिमालको आठ हजार ९१ मिटर चुचुरोसम्मै
पुगेर फोहर सङ्कलन गरेको छ।
- न्युज बहार संवाददाता