Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चोभारमा सञ्चालनमा आयो 'क्यानोपी जिपलाइन'

  •   ३ वर्ष अघि | १ पुस २०८०, आइतवार

पुस १, काठमाडौँ । 'क्यानोपी जिपलाइन' काठमाडौँको चोभारस्थित मन्जुश्री पार्कमा  सञ्चालनमा आएको छ। कुल लम्बाई करिब ४ सय मिटर रहेको जिपलाइनमा तीन चरण गरेर खेल्न पाइने छ। करिब १० मिनेट सबै चरणको जिपलाइन खेल्न लाग्छ।

पहिलो चरणलाई 'एड्भेञ्चर', दोस्रोलाई 'डेयर डेभिल्स' र तेस्रोलाई  'द फन' गरी जिपलाइन खेल्दा गरिने अनुभूति अनुसार यसको नामाकरण गरिएको छ।

शनिबार अभिनेत्री वर्षा राउतले जिपलाइन उद्घाटन गरेकी हुन्। उद्घाटनमा उनले ३ चरणको जिपलाइनमा आँफुले अन्यत्र भन्दा फरक र रोचक अनुभव लिएको बताइन्। 

जिपलाइनका क्रममा जलविनायक मन्दिर, मन्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, नवनिर्मित सुख्खा बन्दरगाह, चोभारको गुम्बा, चन्द्रागिरी र चम्पादेवी डाँडाका साथै काठमाडौँ तथा ललितपुरका सुन्दर दृश्यावलोकन गर्न सकिनेछ । त्यस्तै टेकअफ टावरबाटै सुन्दर हिमशृङ्खला पनि देख्न सकिनेछ ।

  • न्युज बहार संवाददाता

थप