फागुन ३, ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध धार्मिक तथा
पर्यटकिय स्थल पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ। विभिन्न पक्षसँग
केबलकार निर्माण गर्ने विषयमा आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र
सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने भएको हो।
केबलकार
निर्माण गर्न नहुने अडान राख्दै आएको संघर्ष समितिसँग सर्वदलीय र सर्वपक्षीय
सरोकार समितिको बैठकमा वार्ता गर्ने कामलाई निरन्तरता दिँदै निर्माणकार्यलाई पनि
अघि बढाउने निर्णय भएको हो।
उनीहरूलाई पनि वार्ताका लागि समितिले बोलाएको र सहभागी सदस्यहरूले
सकेसम्म सबै पक्षको सर्वसम्मतिबाट निर्माणको काम थाल्ने विषयमा छलफल गरेका थिए । तर
यता केबलकार निर्माण गर्न नहुने भन्दै गठन भएको सङ्घर्ष समितिले भने आफ्नो अडान
कायमै राखेको छ।
- न्युज बहार संवाददाता