मंसिर २७, काठमाडौँ । पुस १७ अर्थात जनवरी १ तारिकदेखि लागू हुने गरि सरकारले सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको छ।
उक्त
निर्णय जानकारी गराउँदै सगरमाथा राष्ट्रिय निकुञ्जले सबै हेलिकप्टर कम्पनीलाई पत्र
पठाएको हो ।
उक्त
निर्णय खुम्बु पासाङल्हामु गाउँपालिका, निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज
मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा सुम्बु क्षेत्रमा रहेका स्थानीय
सरोकारवाला सरकारी/ गैर-सरकारी संघ/ संस्थाहरूको बैठकले गरेको हो।
निर्णयअनुसार
अब उक्त क्षेत्रमा पर्यटक तथा स्थानीयको उद्दार र मालसामान ढुवानीका लागि मात्र उडान
प्रयोग गरिने छ । तर व्यावसायिक रूपमा सञ्चाचालन हुने हेलिकप्टरहरुले भने उडान गर्न पाउने छैनन ।
- न्युज बहार संवाददाता