Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पर्यटन प्रवर्द्धनका लागी आगामी पुसमा बागलुङ महोत्सव हुने

  •   ३ वर्ष अघि | २० मंसिर २०८०, बुधबार

मंसिर २०, बागलुङ । गण्डकी प्रदेशको स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धनका लागी आगामी पुस ११ देखि २१ गतेसम्म बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा बागलुङ महोत्सव हुने भएको छ ।

सङ्घका अध्यक्ष नरेश कँडेलले पछिल्लो समय बागलुङको व्यापार सुस्ताउँदै गएकाले बजारलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्ने निर्णय भएको जानकारी दिएका हुन ।

कँडेलका अनुसार महोत्सवमा तिनमा स्थानीय वस्तु तथा सेवाको प्रदर्शनीका लागी घरेलु तथा कृषि उत्पादन, हस्तकलाका सामग्री, जडीबुटीका साथै अन्य बस्तुहरुको एक सय २० भन्दा बढी  प्रदर्शनी कक्ष रहने छ ।

महोत्सवका क्रममा नृत्य, पुरुष भलिबल प्रतियोगिता, दोहोरीलगायत प्रतियोगिताहरु पनि आयोजना हुनेछन् । यस वर्षको बागलुङ महोत्सवको नारा  ‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ रहने छ । 

  • न्युज बहार संवाददाता

थप