बैशाख १९, धनगढी। हिजो सोमबार राती बझाङमा हिमपहिरो जाँदा हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन् ।
जिल्ला प्रहरी कार्यालयले बझाङ जिल्लाको सुर्मा गाउँपालिका-१ मा सोमबार राति हिमपहिरोमा पुरिएर स्थानीय ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएको जनाएको छ । यार्सागुम्बा टिप्न गएकी बोहरा हिमपहिरोमा पुरिएर बेपत्ता भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले जानकारी दिएका छन ।
अहिले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यता दार्चुला जिल्लाको व्यास गाउँपालिकामा पनि मंगलबार दिउँसो हिमपहिरो जादा एक जना घाइते भएका छन् भने हिमपहिरोमा परी ८ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
- न्युज बहार संवाददाता