Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पर्यटन प्रवद्र्धनका लागि सोलुखुम्बु जिल्लाको दूधकोशीमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने

  •   २ वर्ष अघि | २७ बैशाख २०८१, बिहिबार

बैशाख २७, काठमाडौँ । सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ ले खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि गाउँपालिका स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता गराउने भएको छ ।

सोलुखुम्बुको महभिरमा आगामी असार ३ र ४ गते साहसिक खेल ‘रक क्लाइम्बिङ’ मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

माप्य दूधकोशी गाउँपालिका र नेपाल आरोहण खेल सङ्घबीच प्रतियोगिता आयोजनाका लागि काठमाडौँमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई रसङ्घका अध्यक्ष हरि धरेलले हस्ताक्षर गरेका छन ।

अध्यक्ष राईका अनुसार गाउँपालिकाभित्रको पर्यटन प्रवद्र्धनका लागि पर्यटन विकासको प्रचुन सम्भावना भएको माप्य दूधकोशीले अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागेको हो । 

  • न्युज बहार संवाददाता

थप