Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मौसममा आएको कराबीका कारण देशको हवाई उडान सामान्य प्रभावित

  •   २ वर्ष अघि | १० असोज २०८१, बिहिबार

असोज १०, काठमाडौँ । मौसममा आएको कराबीका कारण देशको हवाई उडान केही प्रभावित भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान मौसममा आएको खराबीका कारण प्रभावित भएको हो।

काठमाडौं बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ भने काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहेका छन ।

इनरुट वेदर बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जनाएका छन । दुई मध्ये एक यती एयरलाइन्सको विमान काठमाडौँबाट सिमराका लागि उडेको थियो तर सिमराको आकाशमा पुगेर पनि अवतरण हुन नसकेपछी पुन: काठमाडौँ नै फर्किएको छ। त्यस्तै सोही यती एयरलाइन्सकै काठमाडौँबाट विराटनगर उडेको अर्को विमान पनि मौसम बिग्रिएकाले बीच रूटबाटै काठमाडौँ फर्किएको छ।

एयरलाइन्सका अनुसार मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) छैन । यता अन्तर्राष्ट्रिय उडानहरु भने सामान्य रुपमा सञ्चालन भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप