Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मुस्ताङमा पर्यटक प्रबद्धनका लागी तिनदिने कृषि तथा पर्यटन मेला

  •   ३ वर्ष अघि | १९ असोज २०८०, शुक्रबार

असोज १९, गण्डकी । हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजारमा बिहीबार बिहानैदेखि स्थानीयवासीको राम्रै चहलपहल थियो । घरपझोङ गाउँपालिकाको आयोजनामा परम्परागत थकाली पोशाकमा सजिएका थकाली समुदायका महिला तथा पुरुष बिहानैदेखि कृषि तथा पर्यटन मेलाको तयारीमा जुटिसकेका थिए। मुस्ताङ भित्रिएका स्वदेशी एवं विदेशी पर्यटकले चिसोको प्रवाह नगरी मेलालाई लक्षित गरी तयारी गरिएको झाँकी, घोडचढीहरूको चहलपहललाई उत्सुकतापूर्वक नियालिरहेका थिए । 

मुस्ताङमा अहिले सोह्र श्राद्धको समयका कारण यतिखेर ठूलो सङ्ख्यामा धार्मिक पर्यटकको चहलपहल छ । दुई दिनअघिदेखि लगातार पानी पछी मौसम खुल्दा मुस्ताङको वातावारण सुन्दर देखिएको थियो । साथै महोत्सवको उद्घाटन पनि भव्य बनेको थियो ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले चिसो मरुभूमिका उपमा पाएको मुस्ताङका पर्यटकीय आकर्षण, यहाँका कृषिजन्य उत्पादनको प्रवर्द्धनको उद्देश्यका साथ बिहीबारदेखि तीनदिने कृषि तथा पर्यटन महोत्सव आयोजना गरिएको बताएका हुन ।

उनले यहाँका उत्पादनलाई बजारमा पुर्याउँदै मुस्ताङमा रहेका प्राचीन मौलिक संस्कृतिसँगै कृषि र पर्यटनलाई जोड्नका लागि महोत्सवको आयोजना गरिएको बताए । महोत्सवका अवसरमा मौलिक संस्कृतिमा आधारित याक नृत्य, थकाली नृत्य, आदिलाई पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।

त्यसैगरी महोत्सवमा स्थानिय कृषी उत्पादन, स्याउका परिकार लगायत धार्मिक बस्तुहरु पनि अवलोकनका लागी राखिएको थियो । 

  • न्युज बहार संवाददाता

थप