Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘सफा हिमाल अभियान’ मार्फत ९७ जनाको टिमले ३४ हजार १६६ किलो फोहोर सङ्कलन।

  •   ३ वर्ष अघि | ११ जेष्ठ २०८०, बिहिबार

जेठ ११, काठमाडौँ । नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमालहरूमा प्रारम्भ भएको ‘सफा हिमाल अभियान’ले तीव्रता लिईरहेको छ। यस अभियानमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरूणत्सेबाट फोहोर सङ्कलन गरिएको छ ।

यस अभियानमा कोका–कोला फाउन्डेसनले प्रमुख दाताको रूपमा सहकार्य गरेको छ भने विश्वको सबैभन्दा ठुलो हिमाल सरसफाइ कार्यक्रम मध्येको यो अभियान पनि एक हो।  सफा हिमाल अभियान’ २८ मार्चमा सुरु भएको थियो र यो अभियान ५ जुनमा सकिनेछ ।

यो अभियानमा ९७ जनाको टिमले कठिन मौसमी अवस्थाबीच चार हिमालबाट ३४ हजार १६६ किलो फोहोर सङ्कलन गरिसकेको छ। टोलीले खाली चार वटा हिमालबाट अक्सिजन क्यानिस्टर, यतिकै छोडिएका टेन्टहरू, खाना राखिने कन्टेनर, प्लास्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक ग्याजेट लगायतका फोहोरहरु सङ्कलन गरेको हो । 

  • न्युज बहार संवाददाता

थप