नेपालको कर्णाली प्रदेशका साथै हिमाली
जिल्लाहरुमा यो बर्षको पहिलो हिमपात सुरु भएको छ । हुम्ला सँगैका अन्य हिमाली
भेगमा केहि दिन यता बढेको चिसो र घाम कम लागरका कारण हिमपात सुरु भएको हो ।
नेपालका अधिकांश हिमाली र उच्च पहाडी भेगको लागी हिमपातको सहि समय भनेको पौषको
अन्तिम देखी माघ महिना हो तर पनि नेपालका अरु हिमाली र उच्च पहाडी भेगमा यो बर्ष
अहिले सम्म हिमपात सुरु भएको छैन ।
हिमपात हुदा केही समय हिमपात भएको ठाउँको
जनजिवन प्रभावित भयता पनि त्याहाँका किसानहरु हर्षित छन। उनिहरु भन्छन हिमपातले
हिउँदे बाली राम्रो हुन्छ र यस पछिको फागुन चैतको महिनामा खेती गर्न सजिलो हुन्छ ।