Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पुरा

  •   १ वर्ष अघि | १९ जेष्ठ २०८२, आइतवार

जेठ १८, म्याग्दी । आठ हजार ९१ मिटर उचाइमा रहेको अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको  छ । शनिबार साँझ म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट आधार शिविरसम्मको पदयात्रा टोलीलाई पदमार्गको प्रवेशविन्दु नारच्याङ बेँसीमा स्वागत गरेर हिरक महोत्सवको सुरुवात गरिएको छ । 

आजदेखि सुरु हुने पदयात्रा टोलीमा सहभागी हुन आएका अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोग छोरा फ्रान्सका माथिएस हर्जोगलगायत १४ विदेशी, पत्रकारको टोलीलाई अन्नपूर्ण–४ वडा कार्यालय, जनजागरण युवा क्लब र सिर्जनशील आमा समूह, पर्यटन व्यवसायी, अन्नपूर्णले स्वागत गरेका थिए । 

स्वागत कार्यक्रममा माथिएस हर्गोजसँग आएका फ्रान्सका कलाकारहरूले प्रथम आरोहीको सम्मानमा सङ्गीत प्रस्तुत गरेका थिए। अन्नपूर्ण आधार शिविरमा उनीहरूले यही जेठ १९ गते पनि साँझ पनि साङ्गीतिक प्रस्तुति गर्ने कार्यक्रम छ । 

  • न्युज बहार संवाददाता

थप