Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

७२ हजार पर्यटकले गरे चितवन राष्ट्रिय निकुञ्ज भ्रमण

  •   २ वर्ष अघि | ४ पुस २०८१, बिहिबार

पुस ४, नवलपरासी । ७२ हजार पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन । ७२ हजार पर्यटकले निकुञ्जको भ्रमण गर्दा रु १० करोड बढी राजस्व रकम सङ्कलन भएको जानकारी प्राप्त भएको छ । ७२ हजार चार सय ६१ जनाले चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म निकुञ्ज भ्रमण गरेका जनाइएको  छ ।  

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्ज घुम्नेमा सबैभन्दा बढी विदेशी पर्यटक रहेका छन । ३३ हजार सात सय ३० जना विदेशी पर्यटकले निकुञ्ज घूमेका छन ।

यस अवधिमा पाँच हजार आठ सय ५१ जना दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकका पर्यटक तथा ३२ हजार आठ सय ८० नेपालीले निकुञ्ज भ्रमण गरेका छन् ।

सूचना अधिकारीका अनुसार निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट निकुञ्ज प्रवेश शुल्कबापत पाँच महिनाको अवधिमा रु १० करोड ६७ लाख एक हजार नौ सय राजस्व सङ्कलन भएको छ । 

  • न्युज बहार संवाददाता

थप