असोज २२, काठमाडौँ । सरकारले थप ५७ हिमाल
आरोहणका लागि खुला गरेको छ । हिमालमा आरोहण गतिविधि गर्न अनुमति दिने गरी खुला
गर्ने निर्णय हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
नेपाल
हिमालै हिमालको देश भए पनि धेरै हिमाल पर्वतारोहणका लागि खुला नभएको अवस्थामा थप
५७ हिमालमा आरोहण खोल्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना
प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनाएका छन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले
यी हिमाल प्रवद्र्धन तथा व्यवस्थापन गर्ने गरी खुला गरिएको हो ।
- न्युज बहार संवाददाता