Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

२०२५ को चालु शरद् याममा धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले लिए अनुमति

  •   १० महिना अघि | ७ असोज २०८२, मङ्लबार

असोज ७, म्याग्दी । सन् २०२५ को चालु शरद् याममा म्याग्दी जिल्लामा रहेको धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन्। समुद्री सतहदेखि ८,१६७ मिटर अग्लो धवलागिरि विश्वको सातौं अग्लो हिमाल हो, जुन म्याग्दीको धवलागिरि गाउँपालिका४ मा अवस्थित छ।

पर्यटन विभागका अनुसार यिनै आरोहीहरूबाट कुल ५० लाख ७१ हजार रुपैयाँ बराबरको सलामी दस्तुर संकलन भएको छ। विभागले उल्लेख गरेअनुसार, शरद् याममा सगरमाथाबाहेक अन्य आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्न चाहने विदेशी नागरिकहरूले प्रतिआरोही ९०० अमेरिकी डलर दस्तुर तिर्नुपर्ने हुन्छ। साना हिमालहरूका लागि यो शुल्क न्यूनतम १२५ डलरदेखि अधिकतम ४०० डलरसम्म तोकिएको छ।

यस्तै, विभागले हालै सार्वजनिक गरेको विवरणअनुसार, गोरखा जिल्लामा रहेको ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि हालसम्म ३७४ जनाले अनुमति लिएका छन्।

  • न्युज बहार संवाददाता

थप