Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

साँझसम्म एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ : विश्वप्रकाश शर्मा

  •   २ वर्ष अघि | १९ असार २०८१, बुधबार

असार १९, काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने वा विश्वासको मत लिन सक्ने अवस्था रहेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । पत्रकारहरूसँग बुधवार पार्टी बैठकमा सहभागी हुने क्रममा कुरा गर्दै शर्माले साँझसम्म एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत बताएका छन । 

यस विषयमा उनले भने– ‘प्रधानमन्त्रीलाई एमालेको समर्थन फिर्तापछि दुई वटा विकल्प छ, एउटा छोडेर निकास दिने विकल्प छ।’ उनले अगाडी भने ‘समर्थन फिर्ता लिँदैमा छोड्नै पर्छ भनेर संविधानले भनेको छैन, उनले सरकारमा रहेको दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिन पनि पाउनुहुन्छ।’

महामन्त्री शर्माले भने ‘जुन विकल्प रोज्दा पनि नयाँ कोर्समा राजनीति बढ्दैछ, यसमा चुनौती पनि छ, एकताबद्ध भएर हामी सामना गर्नेछौँ ।’ 

  • न्युज बहार संवाददाता

थप