पुस ७, कास्की
। आज आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई
जिल्ला अदालत कास्कीमा ल्याइएको छ । केहीबेर अघि मात्र लामिछानेलाई जिल्ला अदालतमा
ल्याइएको जानकारी प्राप्त भएको छ ।
आज लामीछाने
विरुद्ध जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुने छ । जिल्ला सरकारी वकिलको
कार्यालय कास्कीले लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी
र
सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो ।
- न्युज बहार संवाददाता