Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

मुम्बई इन्डियन चेन्नई सुपर किंग्ससँग २० रनले पराजित

  •   ३ महिना अघि | ३ बैशाख २०८१, सोमवार

बैशाख ३, काठमाडौँ । मुम्बई इन्डियन्का पूर्वकप्तान रोहित शर्माको शतकका बाबजुद टोली चेन्नई सुपर किंग्ससँग २० रनले पराजित भएको छ । आईपीएल २०२४ को आइतबार राती भएको खेलमा चेन्नईले प्रस्तुत गरेको २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रनमात्र बनाउन सक्यो ।

मुम्बईका लागि रोहित शर्माले नटआउट रहेर १ सय ५ रन बनाउँदै गर्दा पनि टोलीका लागि जित भने दिलाउन सकेनन् । हार पछी मुम्बई आफ्नै घरेलु मैदानमा निराश बन्न पुग्यो ।

चेन्नईका मथिसा पथिराना हिजोको खेलमा प्लेयर अफ द म्याच बनेका छन । उनको घातक बलिङले मुम्बई इनिङ्सलाई ध्वस्त पारेको थियो । पथिरानाले ४ ओभरमा २८ रन खर्चेर मुम्बईको महत्वपुर्ण ४ विकेट लिएका थिए ।

चेन्नईका लागि खेलको अन्त्यमा आएका पूर्वकप्तान महेन्द्र सिंह धोनीले विस्फोटक ब्याटिङ गर्दै ४ बलमा २० रन जोडेका थिए । उनले ३ छक्का प्रहार गरेका थिए । 

  • न्युज बहार संवाददाता

थप