भदौं ५, काठमाडौँ । निरन्तर परिरहेको वर्षाका
कारण काठमाडौँको बाग्मती नदीमा जल सतह बढेको छ । गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह
पार गरेको हो ।
बाढी
पूर्वानुमान महाशाखाले जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बाग्मती कोरिडोर
भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार गौरीघाट
जलमापन केन्द्रमा बाग्मती नदिले सतर्कता तह पार गरेको छ ।
- न्युज बहार संवाददाता