फागुन
२०, काठमाडौँ । निर्वाचन
आयोगले
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ ।
बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले देशभरका मतदान केन्द्रहरूमा आवश्यक
सामग्री सुरक्षित रूपमा पु¥याइसकिएको जानकारी
दिए ।
उनका अनुसार २०८२ साल भदौ २३ र २४ गते
भएको आन्दोलनपछिको विशेष परिस्थितिमा घोषणा गरिएको यो निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी
र विश्वासयोग्य बनाउन आयोग सक्रियतापूर्वक लागिपरेको छ । फागुन २१ गते बिहान ७
बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान सञ्चालन हुने तय भएको उनले बताए ।
मतपत्र, मतपेटिका लगायत सबै आवश्यक सामग्री
सम्बन्धित केन्द्रहरूमा पुर्याइएको र मतदान स्थलहरूको निर्माण तथा व्यवस्थापन
सम्पन्न भइसकेको जानकारी पनि उनले दिए । साथै,
मतदान
केन्द्रहरूलाई लैंगिक तथा अपाङ्गमैत्री बनाउँदै सबै मतदाताले सहज रूपमा मतदान गर्न
सक्ने व्यवस्था मिलाइएको उनले स्पष्ट पारे ।
- न्युज बहार संवाददाता