जेठ १६, काठमाडौँ । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध आज सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले रिट निवेदन दर्ता गराएकी हुन् ।
उक्त रिट निवेदन दर्ता भई बुधबारका लागि पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनकारी गराएको छ।
- न्युज बहार संवाददाता