बैशाख ६, काठमाडौँ । बुधबार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध दायर भएको रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ ।
यसअघि हिजो मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त मुद्दा परेपनि हेर्न नभ्याइने भएको थियो ।
मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै अधिवक्ता पदम श्रेष्ठले मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।
- न्युज बहार संवाददाता