Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चितवनबाट मध्यरातमा त्रिशूलीको तिरैतिर लग्दै गर्दा मलाई मार्न खोज्दैनन् र? भन्ने महसुस भयो : रवि लामिछाने

  •   १ वर्ष अघि | १८ चैत्र २०८१, सोमवार

चैत १८, काठमाडौँ । राज्यले गर्ने राजनीतिक प्रतिशोध र दिने यातना पीडादायक भएको रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् ।

उनले आज सोमबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा आफ्नो अनुभूति सार्वजनिक गरेका हुन । उनले राख्ने क्रममा राज्यले दिएको पीडा सम्झिँदा पनि पिडादायक रहेको उनले बताएका हुन् । 

उनले यस विषयमा बोल्दै चितवनबाट मध्यरातमा त्रिशूलीको तिरैतिर लग्दै गर्दा मलाई मार्न खोज्दैछन भन्ने महसुस भएको उनले बताएका छन । हिरासतमा बस्दा आफ्नो डायरी खोसिएको र त्यसलाई कहाँ लगेर जलाइएको थाहा नभएको उनले जनाएका छन ।

रवि कात्तिक २ गते सहकारी ठगी आरोपमा पक्राउ परेका थिए । उनलाई कास्की जिल्ला प्रहरीले ८४ दिन हिरासतमा राखेको थियो । साढे पाँच महिना पछि उनी आजै पार्टीको जिम्मेवारीमा फर्किएका छन । 

  • न्युज बहार संवाददाता

थप