Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

जब नौँ वर्षिय बालकले ओलीको हातमा दिए चिठ्ठी...(चिठ्ठीसहित)

  •   ३ वर्ष अघि | १९ मंसिर २०८०, मङ्लबार

मंसिर १९, काठमाडौँ । एक नौ वर्षीय बालकले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका आफू र आफूजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दा पनि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न र स्वदेशमै कमाउने वातावरण बनाइदिनको लागी चिठ्ठी लेखेका छन ।

मंगलबार झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा सुर्खेतमा रहेका ओलीलाई ९ वर्षका बालक किशोर पौडेलले चिठ्ठी लेखेरै यस्तो अनुरोध गरेका हुन । उक्त बालकले दिएको चिठ्ठी अध्यक्ष ओलीले फेसबुकमा सार्वजनिक गरेका छन । ओलीले चिठ्ठी सार्वजनिक गर्दै आफ्नो पार्टीको अभियान त्यसैका लागि भएको बताएका समेत बताएका छन ।

ओलीले चिठ्ठी सार्वजनिक गर्दै फेसबुक लेखेका छन्, ‘मंगलबार हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो, हिँड्ने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिठ्ठी हातमा थमाए। स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए, मैले सोचेँ - हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ ।’


  • न्युज बहार संवाददाता

थप