जेठ ८, काठमाडौँ
। शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्री श्रेष्ठले
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी हुन ।
उनको
नाममा कुनै घर नभएको र काभ्रे जिल्लाको रियालेमा ९ लाख ९४ हजारमा संयुक्तमा जग्गा
खरिद गरेको सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उल्लेख गरिएको छ । उक्त जग्गा
उनले परिश्रमिकबाट खरिद गरिएको बताइएको छ ।
त्यस्तै
उनले आफ्नो
नाममा एनआईसी एसिया बैंक र एभरेस्ट बैंकमा १ करोड ५२ लाख रकम मौज्दात रहेको जानकारी
दिएकी छन् । यी दुवै रकम मौज्दातको स्रोत उनले पारिश्रमिक रहेको खुलएकी छन ।
अर्को
तर्फ उनीसँग बिहे र हजुरआमाको शेषपछि प्राप्त गरि १–१ सेट हिराको हार र हिराको टप ११
तोला सुन, बिहेका
बेला उपहार पाएको १०० तोला चाँदी रहेको विवरणमा उल्लेख गरिएको छ ।
उनीसँग
नबिल बैंकसहित विभिन्न कम्पनीको सेयर पनि रहेको छ । सवारी साधनमा २० लाख रुपैयाँमा
खरिद गरेको ईभी गाडी र एउटा स्कुटर रहेको छ ।
- न्युज बहार संवाददाता