भदौ १९, लुम्बिनी । लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि नेकपा एमालेको मतदान सुरु भएको छ । सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर आज मंगलबार बिहानदेखि मतदान सुरु गरिएको हो ।
निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीले रातको समयमा मतदान गराउँदा राम्रो सन्देश नजाने भएकाले मंगलबार बिहान मतदान गराइएको जानकारी दिएका हुन ।
- न्युज बहार संवाददाता