जेठ २२, काठमाडौँ। केही दिनदेखि सामाजिक सञ्जालमा मुर्रा प्रजातिका राँगा भैंसिको विषय चर्चामा थियो।
यही विषयले आजको संसद बैठकमा पनि हंगामा भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले प्रधानमन्त्रीलाई
प्रतिप्रश्न सोध्ने क्रममा प्रधानमन्त्री पोखरा विमानस्थलमा उत्रिनुहुन्छ होला
भन्ने आफूहरूको अपेक्षा भए पनि भैंसी चढेर आएको भन्ने कुरा सुन्नु परेको भनेका थिए।
खनालले त्यति भनिसक्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए।
त्यसपछि सत्ता र प्रतिपक्षका सांसदले हो-हल्ला गरेका थिए। सभामुख देवराज घिमिरेले विवाद बढ्दै गएपछि भैंसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन समेत दिएका छन्।
- न्युज बहार संवाददाता