चैत
२१, काठमाडौँ। एमाले मधेस प्रदेश सरकारबाट बाहिरिने भएको छ।
एमाले
संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले संघमा
गठबन्धन भत्किएको झण्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट बाहिरिन लागेको जानकारी
दिएका छन।
मधेस
सरकारमा रहेका ४ मन्त्री र एक जना राज्यमन्त्रीले आज दुई बजे राजीनामा दिन लागेको
मन्त्री यादवले बताएका हुन।
- न्युज बहार संवाददाता