भदौ ६, विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै आज सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने जनाएको छ ।
एमालेले मुख्यमन्त्री थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै अदालत जान लागेको जनाएको छ ।
आजै अदालत जाने एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानाले बताए ।
- न्युज बहार संवाददाता