असार २२, विराटनगर । एमाले र राप्रपा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् ।
कोशी प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठन गर्न सत्ता गठबन्धन दलले प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर दाबी गरेको थियो ।
बहुमत अर्थात् ४७ सांसदको समर्थन आवश्यक भए पनि सभामुख गौतम बाहेक उनीहरूसँग ४६ मात्रै सांसद थिए। गठबन्धनले माओवादी केन्द्रबाट निर्वाचित सभामुख गौतमलाई सरकार गठनमा प्रयोग गरेको थियो।
राप्रपा र एमालेले भने सभामुख तटस्थ रहने र सभामुखलाई बहुमतमा जोडेर लानु संविधान विपरीत भएको तर्क गरिरहेका छ।
- न्युज बहार संवाददाता