बैशाख
२६, काठमाडौँ। प्रहरीले आज नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जनालाई पक्राउ
गरेको छ।
प्रहरी
उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको
टोलीले आज मंगलबार थप दुई जनालाई पक्राउ गरेको जानकारी दिएका हुन।
पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी रहेका छन्। रामशरण केसी र गोविन्द चौधरी बिचौलियाको भूमिका खेलेको आरोप लागेको छ।
योसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ।
- न्युज बहार संवाददाता