Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

भोली अत्यावश्यक काम परे मात्रै सवारी साधन लिएर निस्किन ट्राफिक प्रहरी आग्रह

  •   ३ वर्ष अघि | ६ मंसिर २०८०, बुधबार

मंसिर ६, काठमाडौँ । भोलि (मंसिर ७ गते) अत्यावश्यक काम परे मात्रै सवारी साधन लिएर निस्किन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ। 

मंसिर ७ गते काठमाडौँ उपत्‍यका भित्रका विभिन्न स्थानहरूमा प्रदर्शनजस्ता कार्यक्रम हुन लागेको भन्दै ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम भए मात्र सवारी साधन प्रयोग गर्न भनेको हो ।

बिहीबार काठमाडौँमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमाले निकट युवा संघ पक्षले प्रदर्शन गर्न लागेका छन्। काठमाडौँको ट्राफिक व्यवस्‍थापनमा प्रदर्शनका कारण असर पर्ने भन्दै कार्यालय सूचना जारी गरेको हो। 

जारी सुचनामा भनिएको छ ‘काठमाडौँ उपत्यकाभर सवारी आवगमनमा असहजता सिर्जना हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनु हुन र सडकमा निस्किनभन्दा पहिले १०० वा १०३ मा फोन गर्नु हुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन अनुरोध छ।’

 

  • न्युज बहार संवाददाता

थप