असोज ५, काठमाडौँ । आज नै सुन तस्करी छानबिन गर्ने आयोग घोषणा हुनुपर्ने शीर्ष दलका नेताहरुले माग गरेका छन् ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै शुक्रबार उनीहरुले छानबिन आयोग आजै गठन हुनुपर्ने माग गरेका हुन् ।
सुन तस्करी प्रकरणको छानबिन गर्ने आयोग आजै घोषणा गरी कार्य प्रारम्भ गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले माग गरे ।
सरकार संसदबाट गरेको प्रतिवद्धता पूरा नगर्न उद्यत देखिएको भन्दै बर्तौलाले आरोप समेत लगाएका छन ।
- न्युज बहार संवाददाता