Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखमा टोकराज पाण्डे, अरुण पोखरेललाई हटाइयो।

  •   ३ वर्ष अघि | ९ साउन २०८०, मङ्लबार

साउन ९, काठमाडौँ । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखबाट अर्थ मन्त्रालयले अरुण पोखरेललाई हटाएर सहसचिव टोकराज पाण्डेलाई कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ ।

अर्थ मन्त्रालयले एक क्विन्टल सुन तस्करी प्रकरणपछि सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो ।

अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर टोकराज पाण्डेलाई जिम्मेवारी दिइएको बताएका छन ।

यस अघिका प्रमुखको जिम्मेवारीमा पोखरेल भएपनि उनी केही समय देखी बिदामा रहेका थिए । 

उनी बिगत २ महिनादेखि छुट्टीमा रहेका छन् ।

२०७९ १० पुसमा विमानस्थलबाट विद्युतीय चुरोट (भेप) मा राखेर साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी बिदामा बस्न सुरु गरेका थिए ।

  • न्युज बहार संवाददाता

थप