जेठ ५, काठमाडौँ
। सरकारले आज आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको
संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको हो ।
प्रतिनिधिसभाको
हिजो बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाएका
थिए भने शुक्रबार दिउँसो ३:४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण
गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन समेत दिएका थिए।
- न्युज बहार संवाददाता