मंसिर ३, काठमाडौँ । आज छठपर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल गुहेश्वरी र कमलपोखरी जाँदै छन् ।
उनी दिउँसो ४ बजे गुहेश्वरी र ४:३० बजे कमलपोखरी जाने कार्यक्रम रहेको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको हो ।
आज आइतबार छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ ।
तराई–मधेसका सबै जिल्ला र काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक देखिएको छ ।
- न्युज बहार संवाददाता