पुस २७, काठमाडौँ । आज मुलुकभर राष्ट्रिय
एकता दिवस तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती विभिन्न
कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
राष्ट्रनिर्माता
पृथ्वीनारायण शाह आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता हुन भने आज शाहले
राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन
अर्पण गरिन्छ ।
राष्ट्रिय
एकता दिवसको अवसरमा काठमाडौँको प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका
अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ ।
तत्कालीन
गोरखाका राजा शाहले विभिन्न आर्थिक, सामाजिक र भौगोलिक चुनौतीकाबीच जनताको
उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए
।
सरकारले पछिल्ला
वर्षमा उनको योगदानको कदर गर्दै पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
मनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेको छ ।
- न्युज बहार संवाददाता