चैत २२, काठमाडौँ। वैशाख १० गते हुने लागेको उपनिर्वाचनमा चितवन-२ बाट उम्मेदवारी दिएका रास्वपाका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनीविरूद्ध परेका तीन वटा उजुरी खारेज गरिदिएको छ।
जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले लामिछाने विरूद्ध परेका तीन वटा उजुरीमा दाबी नपुग्ने भएकाले खारेज भएका छन् भने अर्को एउटामा सात दिने स्पष्टीकरण सोधिएको छ यससँगै उनको उम्मेदवारी पनि कायम भएको छ। अब निर्वाचन आयोगको केन्द्रीय कार्यालयले स्पष्टीकरणबारे निर्णय गर्ने बताएका छन।
- न्युज बहार संवाददाता